४ दिनमा ४५ सय रुपैयाँले घट्यो सुन मंगलबार ६ सय रुपैयाँले बढ्यो



काठमाडौं । गत बिहिबारदेखि निरन्तर ओरालो लागेको सुन आज भने ६ सय रुपैयाँले बढेको छ । गत बुधबारदेखि सोमबारसम्ममा निरन्तर ओरालो लागेको सुनको मूल्य ४ दिनमा ४५ सय रुपैयाँलले घटेको हो ।

बुधबार ९६ हजार ७०० रुपैयाँमा कायम भएको सुनको मूल्य बिहिबार १३ सय रुपैयाँले घटेर ९५ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, शुक्रबार १०० सय रुपैयाँले घटेर ९५ हजार ३०० रुपैयाँमा कायम भएकोमा आइतबार पुनः २३ सय रुपैयाँ घटेर ९३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

साथै, सोमबार पनि ८ सय रुपैयाँले घटेर ९२ हजार २०० रुपैयाँमा कायम भएको सुनको मूल्य आज भने ६ सय रुपैयाँ बढेर ९२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । साथै, ४ दिनको अवधिमा ११० रुपैयाँले घटेको चाँदीको मूल्य पनि बढेर आज १२ सय ५० रुपैयाँ मूल्य कायम भएको छ ।


क्लिकमान्डु