नेपाल सुनचाँदी ब्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य निर्वाचित भएका छन् । काठमाडौंमा भएको सातौं तथा आठौ बार्षिक साधारणसभा एबं तेस्रो महाअधिवेशनबाट महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै, साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । साथै, उपाध्यक्षहरुमा क्रमशः मोहन काजी शाक्य, दियेश रत्न शाक्य, र विपिन रामुदामु निर्वाचित भए । यस्तै एशोसिएटस् उपाध्यक्षमा पवन सोमानी निर्वाचित भए ।
त्यसैगरी, महासचिवमा धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवद्धयमा किरणभाई बज्राचार्य र वावुराम विश्वकर्म निर्वाचित भए । साथै, महासंघको प्रवक्तामा मनोज कुमार शाह निर्वाचित चुनिए । भने सह कोषध्यक्षमा पद्मशुन्दर शाक्य निर्वाचित भए ।
महासंघका विधानमा ५५ सदस्यिय कार्यसमिति रहने ब्यवस्थ्ता भए अहनुरुप यी सवै पदमा निर्विरोध भएको हो ।
साधारणसभाले विधान संशोधनगरी केही नयाँ पद सिर्जना गरी त्यसमा विभिन्न ब्यक्तिहरुलाई चयन गर्ने निर्णय पनि गरेको छ । जस अनुसार प्रश्तावित उपाध्यक्षहरुमा शिव सर्राफ, निर्मल विश्वकर्मा, दुर्गा वहादुर सुनार, महेन्द्र रत्न शाक्य, जोगलाल विश्वकर्मा र भरत अग्रवाल रहेका छन् ।
यस्तै प्रस्तावित सचिवमा केश वहादुर सुनार तथा प्रस्तावित त सहकोषध्यक्षमा रमेश रसाइली रहेका छन् । नयाँ व्यवस्था अनुसार महासंघमा ७७ जनाको कार्यसमिति रहने छ ।