सुनको मूल्य ८ सयले घट्यो, तोलाको कति ?



काठमाडौं । आइतबार २३ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार थप ८ सय रुपैयाँले घटेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा सोमबार घटेर ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १२३० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु