प्रभु बैंकको अध्यक्षबाट देवीप्रकाश भट्टचन बाहिरिए



काठमाडौं । प्रभु बैंकको अध्यक्षबाट देवीप्रकाश भट्टचन बाहिरिएका छन् ।

आइतबार बैंकको साधारणसभामा संचालक समितिको निर्वाचन गर्ने कार्यतालिका थियो । जसमा भट्टचनले उम्मेद्वारी नै दिएनन् ।

अध्यक्ष भट्टचनले प्रभु फाइनान्सलाई विकास  बैंक बनाउँदै वाणिज्य बैंक बनाए । प्रभु विकास बैंकले किष्ट बैंकलाई मर्ज गरेर प्रभु बैंक बनायो । र, प्रभु बैंकले फेरि अर्को वाणिज्य बैंक ग्राण्डलाई गाभेको थियो ।

बैंकको सञ्चालक समिति सदस्यमा ऋषिराम गौतम, अञ्जु अधिकारी, रमेशसिंह खड्का र शंकरप्रसाद कालिकोटे पुनः चयन भएका छन्। अन्य दुईमा प्रमोद घिमिरे र रामेश्वर सापकोटा चयन भएका छन्। सबै जना निर्विरोध निर्वाचित भएका हुन्।

संचालक समितिको बैठकले अध्यक्षको चयन गर्ने छ ।

प्रभु समुह अन्तर्गत प्रभु बैंक,प्रभु लाइफ इन्स्योरेन्स,प्रभु इन्स्योरेन्स,प्रभु क्यापिटल,प्रभु पे,प्रभु हेलिकप्टर,प्रभुमनी ट्रान्सफर,प्रभु टेलिभिजन संचालनमा छन् ।


क्लिकमान्डु