मजदूरको नाममा कम्पनी खोलेर भ्याट छल्ने मनिष कुमार विरुद्ध राजस्व अनुसन्धानको मुद्दा



काठमाडौं । विपन्न परिवारका सदस्यलाई आर्थिक प्रलोभन देखाएर नक्कली भ्याट बिल बनाउने मनिष कुमार  विरुद्द राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ ।

मनिष कुमारले विपन्न परिवारको नाममा फर्म तथा कम्पनी खोलेर १ अर्ब २२ करोड रुपैयाँको भ्याट तथा राजस्व छलेका थिए ।

विभागले न्यू सयपत्री इन्र्टरप्राइजेजका प्रोपाइटर विवेक मगर तथा गिरोहका नाइके मनिष कुमार सहित १५ जनालाई १ अर्ब २२ करोड २० लाख १९ हजार १९ रुपैयाँ बिगो राखेर उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । विवेक कुमारको गिरोहले आर्थिक वर्ष २०७१/७२ देखि २०७३/७४ सम्म राजस्व छलेको थियो ।

। झुट्टा तथा नक्कली मू।अ।कर विजक प्रयोग गरी राजस्व छलि गर्ने सर्लाही जिल्ला बलरा गाउँपालिकासंकित जेनेरल सप्लायर्स प्रालिका सुवोध साहबाट विरुद्द पनि विभागले १२ करोड ७५ लाख बिगो लिएर मुद्दता दर्ता गरेको छ ।


क्लिकमान्डु