अदालतले प्रतिनिधिसभा बिघटनविरुद्धको रिट इन्टरटेइन गर्ने होइन, बर्खास्त गर्नुपर्छः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटनविरुद्धको रिट सर्वोच्च अदालतले बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

आइतबार राष्ट्रिय सभामा बोल्दै उनले यो कानूनी प्रश्न भएकाले अदालतले यसलाई इन्टरटेइन गर्न नहुने बताए ।

‘कानूनी प्रश्नलाई संविधानिक प्रश्नका रुपमा अदालतले इन्टरटेइन गरिरहनुभन्दा यसलाई केही भनिरहनु नपर्ने भनेर बर्खास्त गरिदिनु्पर्छ । खारेज गरिदिनुपर्छ,’ उनले भने ।

उनले यो राजनीतिक प्रश्न भएको र देश कसरी चलाउने भन्ने विषय भएकाले यो आवश्यकताको सिद्दान्त अनुसारको निर्णय भएको भन्दै प्रतिनिधिसभा पुनरस्थापना नहुने दावी समेत गरे ।

उनले पूर्व प्रधानन्याधीशहरुले जारी गरेको विज्ञप्तिप्रति आलोचना गर्दै स्वतन्त्र न्यायालयलाई बाहिरबाट प्रभावित गर्न खोजेको आरोप समेत लगाए ।


क्लिकमान्डु