आनको अध्यक्षमा धिताल र महासचिवमा घिमिरे निर्वाचित



काठमाडौं । नेपाल विज्ञापन संघ (आन)को अध्यक्षमा सोमप्रसाद धिताल निर्वाचित भएका छन् । २१औं वार्षिक साधारणसभाले १०औं कार्यकारिणी समिति निर्वाचित गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा नारायण श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुदीप थापा, द्वितिय उपाध्यक्षमा विजय पोख्रेल, महासचिवमा कृष्ण घिमिरे निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा पंकज लाल प्रधान र सह कोषाध्यक्षमा जीवन पोख्रेल निर्वाचित भएका छन् भने सचिवमा सन्तोष खड्का निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा अरुण स्थापित, कृष्ण लामिछाने, विधान राजभण्डारी, साजन श्रेष्ठ र दिनेश पोख्रेल निर्वाचित भएका छन् ।


क्लिकमान्डु