आजदेखि राष्ट्रिय सभाको अधिवेशन अन्त्य हुँदै, माघ १ गते सार्वजनिक विदा



काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले माघी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि आजै राष्ट्रिपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । पुस १७ गतेदेखि शुरु भएको अधिवेशन आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अन्त्य हुनेछ ।


क्लिकमान्डु