सुनको मूल्य प्रतितोला २३ सयले घट्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएकोमा आइतबार घटेर ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९२ हजार ५ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु