नेपाल क्लियरिङ हाउसबाट एससीटी बाहिरियो, २ लाख ९८ हजार कित्ता सेयर सिद्धार्थ बैंकले किन्यो



काठमाडौं । नेपाल क्लियरिङ हाउसको ठूलो सेयरधनी च्मार्ट च्वाइस टेक्नोलोजी(एससीटी)ले आफ्नो नाममा रहेको सेयर बिक्री गरेर बाहिरिएको छ ।

एससीटीको नाममा नेपाल क्लियरिङ हाउसमा १० प्रतिशत सेयर सिद्धार्थ बैंक बैंकलाई बिक्री गरेर बाहिरिएको हो ।

एससीटीले नेपाल क्लियरिङ हाउसमा रहेको २ लाख ९८ हजार ८० कित्ता संस्थापक सेयर सिद्धार्थ बैंक बैंकलाई लिलाम बढाबढ प्रक्रिया अन्तर्गत बिक्री गरेको हो । सिद्धार्थ बैंकले केही सेयर सेयर ६०५ र अर्को ५६५ रुपैयाँको दरले किनेको हो । करिब साढे १६ करोड रुपैयाँमा नेपाल क्लियरिङ सेयर स्मार्ट च्वाइसले सिद्धार्थ बैंकलाई बिक्री गरेको हो ।

स्मार्ट च्वाइसले नेपाल क्लियरिङ हाउसको सेयर बिक्रीका लागि न्यूनतम मूल्य ३५० रुपैयाँ राखेर बिक्रीको लागि आह्वान गरेको हो । जसमा सबैभन्दा बढी बोली लगाउने सिद्धार्थ  बैंकले सबै सेयर किनेको हो ।

स्मार्ट च्वाइसको नाममा रहेको सेयर किनेसँगै सिद्धार्थ बैंक नेपाल क्लियरिङ हाउसको सबैभन्दा ठूलो सेयरधनी भएको छ । नेपाल क्लियरिङ हाउसमा १० प्रतिशत नेपाल राष्ट्र बैंक,१० प्रतिशत स्मार्ट च्वाइस र ८० प्रतिशत सेयर बैंक तथा वित्तीय संस्थाको थियो । जसमा सिद्धार्थ बैंकसँग ६८ हजार ६४ कित्ता सेयर रहेको थियो ।

नेपाल क्लियरिङ हाउस चेकराफसाफ देखि लिएर भुक्तानी सेवाको काम गर्ने कम्पनी हो । क्लियरिङ हाउसमा रहेको सेयर बिक्री गरेपछि स्मार्ट च्वाइसले भने अब डिजिटल पेमेन्टमा थप शसक्त भएर आउने तयारी गरेको छ ।

सेयर किनबेचको नामसारी प्रक्रिया समेत सकिसकेको छ । केही दिनमा क्लियरिङ हाउसमा सिद्धार्थ  बैंकबाट संचालक समितिमा प्रतिनिधित्व हुने छ ।


क्लिकमान्डु