एलन मस्क बने विश्वको सबैभन्दा धनी व्यक्ति
काठमाडौं । जेफ बेजोसलाई पछि पार्दै एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।
बिहीबार उनको कम्पनी टेस्ला र स्पेस एक्सको सेयर मूल्य बढेसँगै उनको कुल सम्पत्ति १९५ बिलियन डलर पुगेको हो । जसले उनलाई सबैभन्दा धनी व्यक्ति बनाएको हो ।
सन् २०१७ देखि सबैभन्दा धनी व्यक्तिमा अमेजनका संस्थापक जेफ बेजोस थिए ।
मस्कको कम्पनी टेस्लाको मार्केट भ्याल्यु ७०० बिलियन डलर पुगेको छ । टोयोटा, भोल्क्सवागन, हुन्डाई, जीएम र फोर्ड सबै गाडीकोभन्दा बढी हो । टेस्लाले यस वर्ष मात्रै ५ लाख कार बिक्री गर्न सफल भएको थियो ।
ब्लुमर्गका अनुसार बेजोसको कुल सम्पत्ति १८५ बिलियन डलर छ भने तेस्रो स्थानमा रहेका बिल गेट्सको सम्पत्ति १३४ बिलियन डलर छ।