सुनको मूल्य प्रतितोला १३ सयले घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएकोमा बिहीबार घटेर ९५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९४ हजार ९ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु