आइडिया स्टुडियोको ५औं सिजन शुरु हुँदै



काठमाडौं । आइडिया स्टुडियो नेपालको पाँचौ संस्करण शुरू हुने भएको छ ।

नेपालमा उद्यमको शुरुवात गर्ने उद्देश्यका साथ शुरु भएको आइडिया स्टुडियो नेपालले पाँचौ सिजन शुरु गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

एपीवान टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रममा उद्यमशिलतामा नविनतम सोच भएकाहरु सहभागी हुनेछन् ।

आयोजकका अनुसार प्रतिष्पर्धीमध्ये ४ वटा नविनतम सोचले सिड मनिका रुपमा जनही ५ लाख रुपैयाँ पाउनेछन् । जसमा मेड इन नेपाल, सोसल इम्प्याक्ट, हाइफ्लाइङ र ग्रिनोभेसन थिम अन्तर्गत उक्त सिड मनी पाउनेछन् ।

कार्यक्रमको नलेज पार्टनरमा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट, इको इम्प्याक्ट र आइडिया इम्प्याक्ट फन्ड एज द इन्भेस्टमेन्ट पार्टनर  वल्र्ड वाइल्डलाइफ नेपाल र बैंकिङ पार्टनरमा प्रभु बैंक छ

हालसम्म ४ वटा सिजन सफलतापूर्वक सम्पन्न गरेको आयोजकले २ हजारभन्दा बढी  बिजनेस आइडिया प्राप्त गरेको र त्यसमध्ये १३० वटा कार्यान्वयनमा गइसकेको जनाएको छ । साथै हालसम्म ४० वटा बिजनेसहरु सफलतापूर्वक सञ्चालन भइरहेको आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार आगामी फेब्रअुरी ७ सम्ममा कार्यक्रममा सहभागी हुन चाहनेले आवेदन दिइसक्नु पर्नेछ । सिजन ५ मा ३२ देखि ३५ वटा नयाँ आइडिया तथा सञ्चालनमा रहेका बिजनेसहरु बिजनेस इक्युबेटरका रुपमा रहनेछन् । जसले नयाँ बिजनेस आइडियालाई मार्गनिर्देशन गर्नेछन् । त्यसबाट छनोट भएका आइडियाहरु कार्यक्रममा प्रस्तुत हुनेछन् ।


क्लिकमान्डु