प्रतिनिधिसभा बिघटनको मुद्दाको अर्को सुनुवाई पुस २९ गते



काठमाडौं । प्रतिनिधिसभा बिघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाई निरन्तर हुने भएको छ । बुधबार संवैधानिक इजालसले अर्को सुनुवाई पुस २९ गतेका लागि तोकेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर तथा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासले अर्को बुधबारका लागि सुनुवाईको मिति तोकेको हो ।

बुधबार अधिवक्ताहरुले बृहद् पूर्ण संवैधानिक इजलासमा मुद्दा पठाउनु पर्ने माग गरेका थिए । अगामी बुधबार बस्ने इजलासले यस विषयमा के गर्ने भन्ने निर्णय गर्नेछ । त्यसका साथै अधिवक्ताहरुले न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मुद्दा हेर्न नमिल्ने माग समेत गरेका थिए ।

कार्कीले आजै आफू इजलासमा नबन्ने निर्णय समेत गरिसकेका छन् ।


क्लिकमान्डु