ज्याक माका कम्पनी अलिबाबा र एन्ट ग्रुपलाई राष्ट्रियकरण गर्ने चीन सरकारको तयारी



चीन सरकारले अर्बपति ज्याक माका कम्पनी अलिबाबा र एन्ट ग्रुपलाई राष्ट्रियकरण गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । चीनको सत्ताधारी चाइनिज कम्युनिष्ट पार्टी (सीसीपी)ले यसका लागि तयारी शुरु गरेको र आवश्यक अनुसन्धान शुरु गरेको हो ।

‘त्यहाँको राज्य प्रशासनबाट प्राप्त सूचनाका आधारमा अहिले प्रशासनले ई–कमर्श प्लेटफर्म अलिबाबाले मोनोपालीका लागि शंकास्पद गतिविधि गरिरहेकोमा अध्ययन गरिरहेको छ,’ समाचारमा भनिएको छ ।

अहिले अनुसन्धान एजेन्सीहरुले अलिबाबाको मुख्यालयमा गत नोभेम्बरमा कार्यालय स्थापना गरेर अनुसन्धान शुरु गरेका छन् । उनीहरुले अलिबाबासँगै सोसल मिडिया जायन्ट टेन्सेन्ट र इकमर्स कम्पनी मेइटेआनमा पनि अनुसन्धान अगाडि बढाएका छन् ।

त्यहाँको सरकारले अलिबाबाको सेयर ८ प्रतिशतले घटेकोमा इन्साइडर ट्रेडिङ भएको हुन सक्ने समेत शंका व्यक्त गरेका छन् । अलिबाबाले जारी गरेको बयानमा अनुसन्धानलाई सहयोग गर्ने उल्लेख छ । अलिबाबाले एन्ट ग्रुपसँग नियमन अधिकारीहरुसँगको भेट हुने पनि उल्लेख गरेको छ ।

उच्चस्तरीय निर्णय

स्रोतका अनुसार अलिबाबालगायतका कम्पनीलाई राष्ट्रियकरण गर्ने भन्ने विषय सीसीपीको अनुसन्धानको विषय भएको बताएका छन् । रेडियो फ्रि एसियायसँग यो उच्चस्तरीय निर्णयका आधारमा अनुसन्धान शुरु भएको बताए ।

केही केही अगाडि सीसीपीको आधिकारिक मुखपत्र पिपुल्स डेलीले सरकारविरुद्धको मोनोपोली कार्य पछि ‘बेटर डेभ्लप्मेन्ट’का रुपमा व्याख्या गरेको छ । उसले एन्टी मोनोपोली कार्यलाई पुँजीबृद्धिमा रोक लगाउनुपर्ने बताएको थियो ।

केही साता अघि एन्ट ग्रुप र अलिबाबा कम्पनीलाई राष्ट्रियकरण गर्ने विषय उच्चस्तरीय निर्णयबाट आएको बताइएको छ । त्यहाँको सरकारले अलिबाबाबाट राम्रो पाठ सिकाउने रणनीति लिइएको समाचारमा उल्लेख छ ।

अलिबाबाविरुद्धको अनुसन्धामा पिपुल्स बैंक अफ चाइना, चाइन बैंकिङ रेगुलेगोरी, चाइना सेक्युरिटी रेगुलेगोरी कमिसन र त्यहाँको स्टेट एडमिनिस्ट्रेसन अफ फरेन एक्सचेञ्ज पनि सहभागी भएका छन् ।

चिनियाँ राष्ट्रपति तथा सीसीपीका महासचिव समेत रहेका सी चिनफिनले गत अक्टोबरमा चीनको अर्थतन्त्र राज्य नियन्त्रित हुने र आन्तरिक मागमा बढी जोड दिने बताएका थिए । धेरै विश्लेषकहरु चीनमा सम्पत्तिको स्वामित्वसम्बन्धि विद्यमान कानून पनि संशोधन गर्न सक्ने बताएका छन् । आइबी टाइम्सबाट


क्लिकमान्डु