सुनको मूल्य प्रतितोला ३ सयले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ कायम भएकोमा बुधबार बढेर ९६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९६ हजार २ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु