टेस्ला कार एक वर्षमा ५ लाख थान बिक्री, सेयर मूल्य ७०० प्रतिशतले बढ्यो



प्रसिद्ध अमेरिकी इलेक्ट्रिक भेहिकल कम्पनी टेस्लाले सन् २०२० मा करिब ५ लाख कार निर्माण गरेको छ । यद्यपि कम्पनी सह-संस्थापक एलन मस्कले लिएको लक्ष्य प्राप्तीमा भने थोरैले चुकेको छ ।

एलन मस्कले कोरोना महामारीभन्दा अगाडि सन् २०२० मा ५ लाख कार डेलिभर गर्ने लक्ष्य लिएका थिए । कम्पनीका अनुसार यस वर्षमा टेस्लाका ४ लाख ९९ हजार ५५० कार डेलिभरी गरिसकेको छ ।

पहिलो ९ महिनामा ३ लाख १८ हजार कार डेलिभरी
टेस्लाले जारी गरेको बयान अनुसार सन् २०२०को पहिलो ९ महिनामा वैश्विकस्तरमा कम्पनीले ३ लाख १८ हजार कार डेलिभरी गरेको थियो । जसमध्ये तेस्रो त्रैमासमा मात्रै १ लाख ३९ हजार कार डेलिभरी गरेको थियो । कम्पनीका अनुसार चौथो त्रैमासमा १ लाख ८१ हजार ६५० कार डेलिभरी गरेको थियो ।

मस्कले कर्मचारीलाई दिए बधाइ
लक्ष्य नजिक पुगेको अवसरमा एलन मस्कले सामाजिक सञ्जालमार्फत कम्पनीका सबै कर्मचारीलाई बधाई ज्ञापन गरेका छन् । एलन मस्कले पोस्ट गर्दैै आफू केवल १० प्रतिशत सर्भाइभललाई लिएर मात्रै आशावादी भएको उल्लेख गरेका छन् । अटो इन्डस्ट्रिमा नेगेटिभ ट्रेन्ड तथा ग्लोवल सप्लाइमा असर परेको अवस्थामा पनि लक्ष्य नजिक पुग्न सफल भएको भन्दै उनले बधाई दिए ।

टेस्लाको सेयरमा १ वर्षमा ७०० प्रतिशतको वृद्धि
कोरोना महामारीको समयमा आईटी तथा एफसीएमजीलाई छाडेर सबै क्षेत्रका कम्पनीहरुले नोक्सानी बेहोरिरहेका छन् । यति हुँदाहुँदै पनि अमेरिकी बजारमा एस एन्ड पी ५०० इन्डेक्समा टेस्लाको सेयर ७०० प्रतिशतले बढेको छ । कम्पनी पछिल्लो ५ वटा त्रैमासदेखि लगातार नाफा कमाइरहेको छ ।

नयाँ बजारमा राम्रो रेस्पोन्सको अपेक्षा
टेस्लाले युरोप तथा एसिया जस्ता नयाँ बजारबाट भविष्यमा निकै राम्रो रेस्पोन्स पाउने आशा व्यक्त गरेको छ । टेस्लाले हालै चीनको संघाईस्थित प्लान्ट डेलिभरी शुरु गरिसकेको छ । अमेरिकाको क्यार्लिफोनियाभन्दा बाहिर टेस्लाको यो एक मात्रै म्यानुफ्याक्चरिङ प्लान्ट हो । यो प्लान्टमा मोडल वाइ कार उत्पादन हुन्छ ।


क्लिकमान्डु