११७८० भोट मिलाइदिन अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको फोन रेकर्डिङ बाहिरयो



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा फोन रेकर्डिङ सार्वजनिक भएको छ । जसमा उनले जर्जिया प्रान्तको शीर्ष चुनावमा अधिकारीसँग आफूलाई जित्न आवश्यक भोट मिलाइदिन आग्रह गरेका छन् ।

बासिङटन पोस्टले यो रेकर्डिङ जारी गरेको छ । जसमा राष्ट्रपति ट्रम्प रिपब्लिकन सेक्रेट्री अफ स्टेट ब्रेड रेफेनस्पर्जरसँग उनले भनेका छन्, ‘मलाई जम्मा ११७८० भोट चाहिएको छ ।’

जवाफमा रेफेनस्पर्जरले ट्रम्पसँग जर्जियाको नतिजा सही भएको तर्क गरेका छन् ।

डेमोक्रेट उम्मेदवार जो वाइडेनले राष्ट्रपति चुनावमा जर्जिया प्रान्तमा जित हासिल गरेका थिए । उनले कुल ३०६ इलेक्ट्रोल भोट जितेका थिए । जबकी ट्रम्पले २३२ भोट इलेक्ट्रोल भोट पाएका थिए ।

मतदान सकिएसँगै राष्ट्रपति ट्रम्पले चुनावमा ठूलो संख्यामा धोखाधडी भएको आरोप लगाएका थिए । तर उनले कुनै पनि प्रमाण पेश भने गर्न सकेनन् ।

अमेरिकाका सबै ५० वटा प्रान्तले चुनावी नतिजालाई प्रमाणित गरिसकेका छन् । केही प्रान्तमा फेरि गणनाको मागपछि यो गरिएको हो । अमेरिकाका अदालतहरुले पनि जो बाइडेनको जितका विरुद्ध परेका ६० वटा उजुरी रद्द गरिसकेको छ ।

अमेरिकी कांग्रेस ६ जनवरीको चुनावी नतिजालाई स्वीकार गर्नेछ । जो वाइडेन २० जनवरीमा अमेरिकाका राष्ट्रपति पदको सपथ लिनेछन् ।

त्यसैगरी जर्जियामा सिनेटका २ सिटका लागि मंगलबार मतदान हुनेछ । यी सिटको नतिजा राज्यमा सत्तता सन्तुलनलाई प्रभावित गर्न सक्ने देखिएको छ ।

यदि डेमोक्रेट पार्टीका दुबै उम्मेदवारले जित हासिल गर्छन भने रिपब्लिकन र डेमोक्रेट दुबै पार्टीका बराबर प्रतिनिधि हुनेछन् । तब निर्णयक भोट उप–राष्ट्रपति चुनिएकी कमला हैरिससँग हुनेछ । जहाँ कांग्रेसको तल्लो सदनमा पहिलेदेखि नै डेमोक्रेटको बहुमत छ ।

कल रेकर्डिङमा के छ ?
बासिङटन पोस्टले कल रेकर्डिङ जारी गरेको छ । जसमा राष्ट्रपति ट्रम्पले जर्जियाका सेकेट्रीप अफ स्टेटलाई दबाब दिएको सुन्न सकिन्छ । उनी जोड दिँदै जर्जियाको चुनाव उन्ले जितेको बताएका छन् । तर रेफेनस्पर्जरले राष्ट्रपतिलाई जवाफ दिँदै भनेका छन्, ‘तपाईंका अगाडि यो चुनौती छ कि तपाईंले देखाएको डाटा गलत छ ।’

ट्रमपले अधिकारीलाई सम्भावित कानूनी नतिजालाई लिएर धम्की समेत दिएका छन् ।


क्लिकमान्डु