मुकेश अम्बानीलाई पछि पार्दै चीनका जुंग सानसान बने एसियाका सबैभन्दा धनी व्यक्ति



चीनका जुंग सानसानले भारतका मुकेश अम्बानीलाई पछि पार्दै एसियाका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सका अनुसार सन् २०२० मा सानसानको सम्पत्ति ७ अर्ब डलरले बढोत्तरी भएको छ ।

उनले भारतका मुकेश अम्बानी र चीनकै ज्याक मालाई पछाडि पारेका छन् । उनको भ्याक्सिन बनाउने कम्पनी तथा बोतल बन्द पानीको कम्पनीको सम्पत्ति बढेसँगै उनको कुल सम्पत्ति पनि बढेको हो । इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति ७७.८ अर्ब डलर पुगेको छ । जसले उनलाई विश्वका ११औं सबैभन्दा धनी व्यक्ति बनाएको छ ।

जुंगलाई लोन वुल्फ नामले पनि चिनिन्छ । उनले पत्रकारिता, च्याउनको खेति तथा हेल्थकेयरको क्षेत्रमा पनि आफ्ना भाग्य चम्काइ सकेका छन् ।

जुंगले गत अप्रिल महिनामा भ्याक्सिन बनाउने कमपनी बेइजिङ वाइटाइ बायोलोजिकललाई चीनको सेयर बजारमा सूचिकृत गरेका थिए । त्यसका साथै तीन महिनापछि बोतल बन्द पानीको कम्पनी नान्गफू स्प्रिङलाई हङकङको सेयर बजारमा सूचिकृत गरेका थिए । जसका कारण उनको सेयरमा बढोत्तरी भयो र अलिबाबाका संस्थापक ज्याक मालाई पछाडि छाड्न सफल भए । यसअघि चीनका सबैभन्दा धनी व्यक्ति ज्याक मा थिए ।

सेयर बजारमा सफल शुरुवात
हङकङको सेयर बजारमा सूचिकृत भएसँगै जंगको बोतल बन्द कम्पनीको सेयरमा सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमा सामेल भएको थियो । सेयर बजारमा सूचिकृत भएसँगै कम्पनीको सेयर १५५ प्रतिशतले बढेको थियो । त्यसैगरी बेइजिङ बाइटाइ बायोलोजिकको सेयर पनि २००० प्रतिशतभन्दा बढीले बढेको थियो । यो कम्पनीको चीनको ती कम्पनीमा छ जुन कोरोना भ्याक्सिन बनाइरहेको छन् ।

जुंगको नाटकीय उत्थानले उनलाई एसियाका सबैभन्दा धनी व्यक्ति बनाएको छ । ब्लूबर्गका अनुसार जंगले इतिहासमा सबैभन्दा तीव्र गतिमा आफ्नो सम्पत्ति कमाएका थिए ।

विश्वका कैयन धनी व्यक्तिहरुको भाग्य कोरोनाको समयमा चम्किएको थियो । जसमा अमेजनका संस्थापक जेफ बेजोस पनि थिए ।

मुकेश अम्बानीको सम्पत्ति पनि बढ्यो
भारतमा मुकेश अम्बानीको सम्पत्ति १८.३ अर्ब डलरले बढेको छ । र, उनको कुल सम्पत्ति ७६.९ अर्ब डलर पुगेको छ । मुकेश अम्बानीले रिलायन्स इन्डिस्ट्रीलाई इ–कमर्श क्षेत्रमा लैजानका लागि कैयन सम्झौता गरेका छन् । यसै वर्ष फेसबुकले इन्टरनेट कम्पनी रिलायन्स जियोमा ५.७ अर्ब डलर लगानी गर्न गइरहेको बताएको थियो । रिलायन्स जियोका मालिक मुकेश अम्बानी हुन् ।

तर यस वर्ष ज्याक माको सम्पत्ति भने घटेको छ । अक्टोबरमा उनको सम्पत्ति ६१.७ अर्ब डलरसम्म पुगेको थियो भने अहिले यो घटेर ५१.२ अर्ब डलरमा सीमित भएको छ ।

उनको कम्पनी अलिबाबाले चीनका अधिकारीहरुको निगरानी परेको थियो । अलिबाबाका विरुद्ध एकाधिकार स्थापित गर्नका लागि गलत व्यवहारका कारण आरोपबारे हाल जाँच भइरहेको छ । जबकी यसको सहायक कम्पनी एन्ट ग्रुपको सेयर सूचिकृत हुनबाट नोभेम्बरमा रोकिएको थियो ।

चीनका धेरै जसो अर्बपतिहरु टेक इन्डस्ट्रिबाट आएका छन् । तर हुवावे, टिकटक तथा वि च्याटलाई लिएर चीन तथा अमेरिकाका बीच बढेको तनावका कारण चिनियाँ कम्पनीहरुको सेयर बजारमा मूल्य घटिरहेको छ ।


क्लिकमान्डु