गणेश लामाले ऋण नतिरेपछि समृद्धि फाइनान्सले निकाल्यो सूचना



काठमाडौं ।  गणेश लामाले समृद्धि फाइनान्स कम्पनीले ऋण तिर्नको लागि ताकेता लगाएको छ । लामाले समृद्धिबाट लिएको व्यक्तिगत कर्जा र व्यापार कर्जा चुक्ता गर्न आइतबार ३५ दिने सुचना सार्वजनिक गरेको हो ।

यसअघि पनि ५/६ पटक नै कर्जा चुक्ता गर्न आउनका लागि लामालाई सुचना नै सार्वजनिक गरी ताकेता गरिसकेको फाइनान्सले जनाएको छ ।

लामा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

उनले कम्पनीबाट २०६९ सालमा समृद्धि फाइनान्स कम्पनीबाट कर्जा लिएको केही समय पछिबाटै कर्जाको सावाँ ब्याज भुक्तानी गर्न छोडेको कम्पनीका एक अधिकारीले बताए ।

‘उहाँले व्यक्तिगत र व्यापार कर्जा एकै पटक २०६८/६९ मा फाइनान्सको पुतली सडक ब्राञ्चबाट लिनु भएको हो,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘कर्जा डिफल्ट भएको ५ वर्ष बढी भयो ।’
उनी कर्जा चुक्ता नगरी समृद्धि फाइनान्सबाटै सम्पर्क विहिन भएर बसेका कम्पनी स्रोतले जानकारी दिएको छ ।

‘हाम्रो कर्जा विभागले कयौँ पटक उहाँलाई सम्पर्क गर्न प्रयास गरिसकेको छ, तर उहाँ आफुले कर्जा दिएको ब्राञ्च नआएको र कम्पनीसँग फोन सम्पर्कमा नै नभएको समेत बर्षौ भइसक्यो, ती अधिकारीले थपे, ‘लामाले स्मृति कन्स्ट्रक्शनको नाममा व्यापार कर्जा र व्यक्तिगत प्रयोजनका लागि कर्जा एक वर्षको अन्तरालमा २०६८ साल देखि २०६९ सालमा लिनुभएको हो ।’

जसमा कन्स्ट्रक्शनको नाममा गएको कर्जाको १ करोड २० लाख रुपैयाँ सावाँ नै बाँकी छ भने व्यक्तिगत कर्जाको ४० लाख रुपैयाँ साँवा भुक्तानी गर्न बाँकी छ ।

कम्पनीले लामालाई कर्जा दिँदा जमानी बसेका ४ जना मध्ये उनकै परिवारका ३ जना कर्सिङ लामा, रञ्जु लामा र राकेश लामा छन् । तर जमानीकर्ताहरु समेत सम्पर्कमा नभएको ती अधिकारीले बताए ।


क्लिकमान्डु