प्रधानमन्त्रीले थपे मन्त्रीमण्डल, खेलकुदमन्त्री विश्वकर्मा र उद्योगराज्यमन्त्री दुगडको पद गयो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि मन्त्रीमण्डल विस्तार गरेका छन् ।

शुक्रबार थपिएका मन्त्रीमा टोपबहादुर रायमाझी ऊर्जा, प्रभु साह शहरी विकास, गौरीशंकर चौधरी श्रम, गणेश ठगुन्ना सामान्य प्रशासन, मणि थापा खानेपानी,दाबा लामा युवा तथा खेलकूद, प्रेम आले वन तथा वातावरण,  र जुली महतो महिला र विमला विश्वकर्मा उद्योग राज्यमन्त्री रहेका छन् ।

प्रधानमन्त्री ओलीले अहिलेका युवा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योगराज्यमन्त्री मोतीलाल दुगडलाई मन्त्रीमण्डलबाट हटाएका छन् । अहिलेका केहीमन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । ओलीले अहिलेका मन्त्रीहरु हृदयेश त्रिपाठी स्वास्थ्य, कृष्णगोपाल श्रेष्ठ शिक्षा, भानुभक्त ढकाल पर्यटन,लिलानाथ श्रेष्ठ कानून,पदमा अर्याल कृषि,शिवमाया तुम्बाहाङफे भूमि सुधार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।


क्लिकमान्डु