बागमती प्रदेशको उद्योग वाणिज्य संघको निर्वाचनमा विवाद, १ नम्बरको निर्वाचन नहुने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमति प्रदेश समितिको निर्वाचनमा विवाद सृजना भएको छ । महासंघ बागमति प्रदेशको निर्वाचनमा अध्यक्षमा दीपसुन्दर श्रेष्ठ र सुदर्शन कार्की निर्वाचनमा होमिएका छन् ।

जसरी पनि दीपसुन्दरलाई नै जिताउनु पर्ने भन्दै निर्वाचनमा विवाद सृजना भएको हो । दीपसुन्दरले यसअघि दिनेश श्रेष्ठलाई छोडेको भन्दै आफूले जसरी पनि बाग्मति प्रदेशमा जित्नु पर्छ भनेर लागेका छन् । जसका कारण विवाद सृजना भएको हो ।

उनलाई जिताउनका लागि भन्दै विधि विधान मिच्न थालिएको छ । ७५ वटा कम्पनी दर्ता रहेकोमा ५२ वटा कम्पनी दर्ता नभएको पाइएको छ । त्यस्ता कम्पनीलाई आजै नवीकरण गरिएको छ । निर्वाचनमा मतदान कसले गर्न पाउने, कसले नपाउने भन्ने जानकारी नै नगराइ मतदातालाई गुमराहमा राखिएको छ ।

पहिला एसोसिएटतर्फ ११, बस्तुगततर्फ ४ वटाले मतदान गर्ने भनिएको थियो । १५ जना कार्यसमितिको लागि भएको निर्वाचनमा ११ जनाको कम्पनीलाई मात्रै मतदान गर्न दिने रणनीति बनेको छ ।

अहिले केन्द्रीय निर्वाचनमा मतदान गरेकालाई समेत प्रदेशमा मतदान गर्न रोकिएको छ । उनीहरुलाई मतदान गर्न रोक्न र आफूमात्रै मतदान गर्नका लागि शुक्रबार मध्यान्नमा कम्पनी दर्ता गराइएको छ ।

उनीहरुले ११ वटा कम्पनीलाई मात्रै मतदान गर्न पाउने गरी मतदाता नामावली समेत प्रकाशित गरिएको छ । त्यसले गर्दा विवाद झनै उत्कर्षमा पुगेको छ ।

निर्वाचनको कार्यतालिका अनुसार ५ बज्न ५ मिनेट बाँकी रहँदा अन्तिम नामावली निकालेर धाधली गर्न खोजिएको छ । २५ मिनेटको दाबी विरोधका लागि समेत समय दिइएको छैन । त्यो सूचना निर्वाचनको कार्यतालिका अनुसार भएन भनेर विरोध भएको हो । विरोध सुरु भएपछि सुरक्षाकर्मी बोलाएर सबैलाई बाहिर निकालेर एक घन्टा समय थप गरियो भनेर सूचना टाँसेको स्रोतको भनाइ छ । त्यो सूचना ५ बज्नु अघि नै टाँस्नु पर्नेमा त्यो सूचना टाँस नगरिएको भन्दै विरोध भएको हो ।

यस्तै १ नम्बर प्रदेशमा उच्च अदालत बिराटनगरले निर्वाचन नगर्न अन्तरिम आदेश दिएको छ । जसको कारण शनिबारको लागि हुने भनिएको निर्वाचन नहुने भएको छ ।


क्लिकमान्डु