बाग्मती प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा



काठमाडौं । बाग्मती प्रदेशका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।

उनीहरुले प्रदेश मुख्यमन्त्री डोरमणी पौडेलले विकास निर्माण, जनसेवा र सुशासन काम गर्न नसकेको, दिशाबिहीत र निर्णय विहिन बनेको, प्रदेश सरकारमा संलग्न मन्त्रिपरिषदका सदस्यको सल्लाह सुझाव, पार्टीको संसदीय दलको सल्लाह सुझाव नमानेको आरोप लगाउँदै राजीनामा दिएका छन् ।

तीनै जना मन्त्रीले प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको निष्कर्ण निकाल्दै राजीनामा दिएको जनाएका छन् । उनीहरुले पार्टी एकतालाई बचाउन सधैं झै प्रतिबद्ध र सक्रिय रहने समेत प्रतिबद्धता जनाएका छन् ।


क्लिकमान्डु