सुनको मूल्य प्रतितोला १ सयले बढ्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार १ रुपैयाँ कायम भएकोमा शुक्रबार बढेर ९४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९३ हजार ७ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय ८० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु