प्रतिनिधिसभा बिघटनविरुद्ध परेका रिट आज संवैधानिक इजलासमा सुनुवाई हुँदै



काठमाडौं । प्रतिनिधिसभा बिघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिटको आज संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।

साधारण इजलासमा परेका १२ वटा रिट बुधबारको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले शुक्रबार हुने संवैधानिक इजलासमा पठाएका थिए । त्यसअघि एउटा संवैधानिक इजलासमै परेको थियो ।

संवैधानिक इजलास बुधबार र शुक्रबार बस्छ । तर शुरुको मुद्दा शुक्रबार मात्रै हेरिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा बिघटनलाई सर्वोच्च अदालतमा चुनौती दिएसँगै अब आजको इजलासले के फैसला गर्छ भन्नेमा धेरैको चासो देखिएको छ ।

हाल प्रधानमन्त्रीको उक्त कदमलाई असंवैधानिक तथा संविधानमाथिको ‘कु’ भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

संबैधानिक इजलासमा प्रधानन्यायाधीश चालेन्द्र शमशेर र न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिककुमार सिन्हा र तेजबहादुर केसी छन् ।


क्लिकमान्डु