४० अर्बको औषधी बजारमा, ४ % बजार बजार हिस्सा उमेशलाल श्रेष्ठको क्वेष्ट फर्माले लियो



काठमाडौं । नेपालमा औषधी उद्योगको वार्षिक कारोबार ४० अर्ब रुपैयाँ पुगेको छ । जसमा ५५ प्रतिशत हिस्सा विदेशी औषदी कम्पनीले लिने गरेका छन् ।

४० अर्बको औषधी बजारमा ४ प्रतिशत हिस्सा क्वेष्ट फर्मा स्यूटिकलले लिने गरेको छ । क्वेष्ट फर्मा उद्योगी उमेशलाल श्रेष्ठको कम्पनी हो ।

कम्पनीले सन् २०१८ मा १ अर्ब ३० करोड रुपैयाँको औषदी बिक्री गरेको देखिन्छ । सन् २०१९ मा १ अर्ब ६० करोड रुपैयाँको बिक्री गरेको छ । सन् २०२० मा १ अर्ब ८० करोडको औषधी बिक्री गर्न सक्ने अनुमान छ ।

नेपालमा अहिले ५० जति स्वदेशी औषदी उद्योग रहेका छन् ।

सन् १९९९ मा स्थापना भएको क्वेष्टमा १५ जना सेयरधनी छन् । जसमा उमेशलाल श्रेष्ठ,पृथ्वीराज भण्डारी,उत्तमकुमार श्रेष्ठ,शैलेन्द्रप्रसाद बर्मा प्रमुख सेयरधनी हुन् ।

क्वेष्टले ६३ करोड ७३ लाख रुपैयाँ ऋणको लागि रेटिङ गराएको छ । क्वेष्टले दीर्घकालिन ऋण ३१ करोड ८८ लाख र अल्पकालिन ३१ करोड ८५ लाख रुपैयाँ ऋणको लागि रेटिङ गराएको हो ।
जसमा रेटिङ ऐजेन्सी इक्रा नेपालले दीर्घकालिनको लागि एलए र अल्पकालिनको लागि एटु ग्रेट दिएको छ ।


क्लिकमान्डु