नेशनल लाइफ इन्स्योरेन्सको सिइओमा सुरेश प्रसाद खत्री नियुक्त



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् ।

यसअघिका सिइओ भरत बहादुर बस्नेतको पदावधी पुस ५ गते सकिएपछि खत्रीलाई नियुक्त गरिएको छ ।

हाल नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई अर्को व्यवस्था नभएसम्मको लागि कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको हो ।


क्लिकमान्डु