‘आईएमई भरोसा कोष’को रकम वितरण शुरु, पहिलो चरणमा ५ परिवारले पाए रकम



काठमाडौं । आईएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण गरेको छ ।

शुक्रबार काठमाडौँमा आईएमई ग्रुपका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रुपमा रकम वितरण शुरु गरेका हुन् ।

कामदारका रुपमा विदेश पुगेका मृतकका परिवार मध्ये काठमाडौंमा उपलब्ध सात परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम हस्तान्तरण गरिएको हो ।

आज सहयोग रकम पाउनुहुनेमा कोरोनाको कारण साउदी अरबमा मृत्यु भएका ५ जनाको परिवारले र बहराइन एक जना र कतारमा मृत्यु भएका एक जनाको व्यक्तिका परिवार छन् । कम्पनीले प्रतिपरिवार ५० हजार रुपैयाँको दरले भरोसा कोषबाट रकम दिएको छ ।

चेक हस्तान्तरण गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले श्रमका लागि विदेश पुगेर उतै मृत्युवरण गरेका कामदारका परिवारको पीडालाई थोरै भएपनि कम गर्न कोषले पहल गरेको बताए ।

आइएमईले ब्यवसाय र नाफा मात्र हेर्दैन नेपाली दाजुभाइको संकटको साथि पनि भएको अध्यक्ष ढकालले बताउनु भयो ।

आइएमईले २०७६ साल पुस १६ गतेदेखि २०७७ असोज ३० गतेसम्म कोरोनको कारण बिदेशमा मृत्यु भएका परिवारलाई आवेदन दिन आह्वान गरेको थियो । यस अवधिमा कुल ८१ वटा आवेदन परेको थियो । आगामी पुस मसान्तभित्र सबै परिवारलाई सहयोग रकम हस्तान्तरण गरिने आइएमई ग्रुपले बताएको छ ।


क्लिकमान्डु