प्रभु लाईफकाे आईपीओमा १० लाख ७४ हजारले दिए आवेदन, आधा आवेदकको हात खाली



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको (आइपीओ) साधारण सेयरमा १० लाख ७४ हजार ५४५ जना आवेदकले आवेदन दिएका छन् ।

२ करोड ९१ लाख ३ हजार ३ सय कित्ताको लागि २ अर्ब ९१ करोड ३ लाख ३० हजार रुपैयाँको आवेदन परेको छ । इन्स्योरेन्सले सर्वसाधार लगानीकर्ताको लागि ५४ करोड रुपैयाँको ५४ लाख कित्ता सेयर निष्कासन गरेकोमा माग भन्दा ५.३८ गुणा बढी आवेदन छ । आईपीओमा झण्डै आधा संख्याका आवेदकको हात खाली हुने देखिएको छ ।

धितोपत्र बोर्डको १० कित्तै नीतिका कारण आवेदन दिएका सबैलाई १० कित्ता न्यूनतम दिनु पर्ने छ । इन्स्योरेन्सको साधारण सेयरमा १० लाख ७४ हजार ५४५ जना आवेदन दिएका छन् ।


क्लिकमान्डु