बैंक अफ काठमाण्डूका ग्राहकलाई नेशनल प्याथ ल्यावमा १५ प्रतिशत छुट
काठमाडौं । बैंक अफ काठमाण्डले ग्राहकलाई नेशनल प्याथ ल्याव तथा रिसर्च सेन्टरमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माध्मबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट उपलब्ध गराउने भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘क’ क्षेणीको मान्यताप्राप्त प्रयोगशाला नेशनल प्याथ ल्याव तथा रिसर्च सेन्टरले बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, तुलसीपुर, घोराही तथा धनगढीलगायतको क्षेत्रहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।
सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक रत्नबहादुर खड्काज्यू र नेशनल प्याथ ल्याव तथा रिसर्च सेन्टर, रुपन्देहीका निर्देशक पवन जोशीले हस्ताक्षर गरे ।
बैंकले हाल बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।