इ–सेवा खाताको पैसा अब भाइबरमार्फत् मोबाइलमा पठाउन सकिने



काठमाडौं । इ सेवाले भाइबरमार्फत नै मोबाइलमा रिचार्ज र पैसा पठाउन मिल्ने सुविधा ल्याएको छ । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले म्यासेजिङ एप राकुटेन भाइबरसँग सहकार्य गरी भाइबरबाटै रकम पठाउन तथा मोबाइल रिचार्ज गर्न सकिने व्यवस्था गरेको हो ।

यससँगै अब भाइबर र इ सेवा प्रयोगकर्ताले आफ्नो ई–सेवा खातमा भएको रकम भाइबरमार्फत् चाहेको व्यक्तिलाई मोबाइलमा पठाउन सक्नेछन् । जसका लागि इ–सेवा प्रयोगकर्ताले आफ्नो मोबाइलमा भएको भाइबर एपमा इ सेवा खाताको विवरण लिंक गर्नु पर्ने हुन्छ ।

यस किसिमको साझेदारी एसिया प्रशान्त क्षेत्रमै पहिलो पटक भएको ईसेवाका सीओओ रोशन लामिछाने बताए । यसले नेपालमा डिजिटल कारोबारलाई बढाउन ठुलो मद्दत गर्ने उनको विस्वास छ ।

भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले हरेक कारोबारमा न्यूनमत १० प्रतिशत तथा अधिकतम सय रुपैयाँसम्म क्यास ब्याक पाउनेछन् । यस्तै ५० रुपैयाँ ट्रान्स्फर गर्दा ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिनेछ बताइएको छ ।

यसबाहेक साप्ताहिक आधारमा आकर्षक उपहार तथा भौचर जित्ने मौका समेत रहेको छ । बम्पर उपहारमा एकजना भाग्यशाली प्रयोगकर्ताले ल्यापटप उपहार पाउनेछन् ।


क्लिकमान्डु