मन्त्री कृष्णगोपालको २ महिने कार्यकालः बालुवाटारमा हेलिप्याडदेखि झापाको भ्यू टावरसम्म



काठमाडौं ।सहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठले २ महिना कार्यकालको समीक्षा गरेका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालय सम्हालेको २ महिनामा भएका र आगामी २ महिनामा गर्ने कामबारे जानकारी गराए ।

मन्त्री श्रेष्ठले २ महिनाको समयमा पनि मन्त्रालयले आशातित उपलब्धि हासिल गरेको दावी गरे । उनले यसका लागि १८ वटा बुँदामा उपलब्धी प्रस्तुत गरेका छन् ।

उनले आफ्नो २ महिने छोटो कार्यकालमा प्रस्तुत गरेको १८ वटा बुँदामा बालुवाटारमा रहेको प्रधानमन्त्री कार्यालय परिसरमा निर्माण भएको हेलिप्याडदेखि, झापामा निर्माणाधिन भ्यूटावरसम्मको चर्चा गरिएको छ ।

उनले यसबीचमा उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडामा पहिलो चरणको निर्माणको अन्तिम चरणमा रहेको र दोस्रो चरणको काम भइरहेको बताए ।

उनले आगामी माघ महिनाभित्रमा ललितपुरको गोदावरीमा ३ हजार सिट क्षमताको सभाहल निर्माण गर्ने बताए ।

त्यसैगरी सिंहदरबारमा रहेको संघीय संसद भवन र ललिपुरको भैसेपाटी निर्माणधीन प्रदेश प्रमुख र मु्ख्यमन्त्रीहरुको आवास तथा सम्पर्क कार्यालय निर्माणको काम निर्धारित समयमै पुग्ने गरी काम अगाडि बढाइएको समेत दावी गरे ।

 

 


क्लिकमान्डु