फेसबुकबाट इन्स्टाग्राम र ह्वाट्सएप टुक्राउने प्रयास, अमेरिकामा दर्ता भयो मुद्दा

119
Shares

अमेरिकी फेडरल ट्रेड कमिसनले फेसबुक इंकका विरुद्ध औपचारिकरुपमा मुद्दा दर्ता गरेर दिग्गज टेक्नोलोजी कम्पनीलाई दुई टुक्रामा विभाजन गर्ने गरी ठूलो कदम उठाएको छ । ट्रेड कमिसनले फेसबुकमाथि सोसल नेटवर्किङको क्षेत्रमा आफ्नो मोनोपोली भएको अवस्थामा गलत फाइदा उठाउँदै प्रतिष्पर्धालाई दबाएको आरोप लगाएको छ ।

इन्स्टाग्राम र ह्वाट्सएपमा दियो एफटीएले ध्यान
एफटीसी तथा प्रान्तको समूहमा पूरा ध्यान कम्पनीको दुई एक्विजिसन गरिएका कम्पनीहरु इन्स्टाग्राम तथा ह्वाट्सएपको खरिदारीमा लगाएको छ ।

फेसबुकले सन् २०१२ मा इन्स्टाग्रामलाई ७१.५ करोड डलर तथा त्यसको २ वर्षपछि ह्वाट्सएपलाई २२ अर्ब डलरमा खरिद गरेको थियो । कमिसनले बुधबार दर्ता भएको उजुरीमा फेसबुकले यी दुई कम्पनी खरिद गरेर प्रतिष्पर्धालाई खतरालाई टाढा राख्न चाहेको छ ।

एफटीएले फेसबुकलाई २ टुक्रामा बाँड्न दियो सुझाव
एफटीएलेले फेसबुकलाई २ टुक्रामा बाँड्न सुझाव दिएको छ । जसमा कम्पनीका सीइओ मार्क जुकरवर्गले बनाएको कारोबारी साम्राज्यको वैभव खतरामा पर्न सक्छ । किनभने कम्पनीको रेभन्यू ग्रोथमा ठूलो योगदान इन्स्टाग्रामको छ । जबकी डिजिटल कमर्शमा कम्पनीलाई ह्वाट्सएपबाट प्राप्त भइरहेको छ । फेसबुकबाट हातबाट यी दुबै टेक प्लेटफर्म निस्कने हो भने जुकरवर्गको कम्पनीलाई दीर्घकालीन भ्यालूमा ठूलो नोक्सान हुनेछ ।

फेसबुकको तीन महत्वपूर्ण प्राप्तिमध्ये एक हो इन्स्टाग्राम
वेडबुस सेक्युरिटिजको विश्लेषक ड्यान आइविसका अनुसार कारोबार बाँड्न विचार लगानीकर्ताका लागि डरलाग्दो हो किनभने यसबाट कम्पनीको कारोबार मोडल बिग्रनेछ । आइविस इन्स्टाग्रामलाई अघिल्लो १६ वर्षमा फेसबुकका तीन महत्वपूर्ण प्रापितमध्ये एक बताइन्छ ।

आइविसका अनुसार फेसबुकलाई २ टुक्रामा बाँड्न सम्भावना निकै कम छ । किनभने यसका लागि कानूनीरुपमा पनि परिर्वतन गर्न सांसदको सहमति आवश्यक पर्छ । जुन सम्भावना निकै कम छ ।

तर नतिजा अब जे हुनेछ त्यो हुने नै छ । तर यसकारण फेसबुकको सेयरमा दबाब भने पर्नेछ । तर यदि फेसबुकले यो मुद्दा हार्छ भने उसको कारोबारमा के असर पर्ला त ?

सपिङको स्पेसमा सम्भावनामा फेसबुकको फोकस
यसको सोसल मिडिया प्लेटफर्ममा विज्ञापन बढ्दा प्रयोगकताको अनुभव घटिरहेको छ । यसका कारण यो सपिङको स्पेसमा बन्ने सम्भावनामा यतिबेला फोसक भइरहेको छ । कम्पनीले यसै वर्ष इन्स्टाग्राममा इमेज तथा भिडियोका माध्यमबाट सपिङको विकल्प उपलब्ध गराएको छ । साथै ग्राहकसँग कम्युनिकेट गर्नका लागि कम्पनीहरुलाई ह्वाट्सएपमा जुटाउन पनि काम शुरु गरिउको थियो ।

फेसबुकको ह्वाट्सएप च्याटिङलाई इन्स्टाग्राम सपिङसँग कनेन्ट गर्नका लागि पनि योजना बनाइएको छ । यस्तोमा यी दुबै कम्पनी फेसबुकबाट अगल हुने हो भने टेक कम्पनी इकमर्शको बादशाह बन्ने बाटोमा समस्या उत्पन्न हुनेछ ।

फेसबुकलाई इन्टाग्रामबाट भइरहेको छ रेभन्यू ग्रोथ
फेसबुकको रेभन्यू ग्रोथ खासगरी इन्स्टाग्रामबाट हासिल भइरहेको छ । फोटो तथा भिडियो सेयरिङ एपबाट कम्पनीले सन् २०१९ मा २० अर्ब डलर आम्दानी गरेको थियो । यो अघिल्लो वर्ष फेसबुकले एड एन्ड सेल्सको करिब २९ प्रतिशत बराबरको रकम हो ।

रिसर्च फार्म इमार्केटरका अनुसार इन्स्टाग्रामको सेल्स रेभन्यू सन् २०२० मा २८.१ अर्ब डलर हुन सक्छ । जुन फेसबुकको कुल एड रेभन्यूको ३७ प्रतिशत बराबर हुनेछ । यसको अर्थ फेसबुकको एड रेभन्यूमा ग्रोथको ठूलो हिस्सा इन्स्टाग्रामबाट हासिल हुनेछ ।

ह्वाट्सएपको रेभन्यूबाट मिल्नेछ फेसबुकको ग्रोथमा बढावा
फेसबुकलाई ह्वाट्सएपबाट कुनै कमाइ हुँदैन । तर २ अर्बभन्दा बढी प्रयोगकर्ताका लागि पेमेन्ट, कमर्श, कस्टमर सर्भिस टुल बिजनेसमा फोकसबाट अवस्था छिट्टै परिवर्तन हुनेछ । ह्याट्सएपबाट रेभन्यू हासिल हुन शुरु हुँदा फेसबुकको ग्रोथलाई बढावा मिल्नेछ ।

-एजेन्सी