उद्योग मन्त्रालयलाई योजना आयोगको निर्देशनः मयुधाप औद्योगिक क्षेत्रको समस्या तत्काल समाधान गर्नु



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा। पुष्पराज कँडेलले मयुधाप औद्योगिक क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् ।

आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिकसम्मको प्रगति समीक्षा बैठकमा उपाध्यक्ष कँडेलले यस्तो निर्देशन दिएका हुन् ।

उनले आगामी विकास समितिको बैठक अघि नै यो समस्या समाधान गर्न निर्देशन दिएका हुन् । उनले त्यो काम समाधान गर्नका लागि आयोगबाट कुनै सहयोग आवश्यक परे त्यसमा आयोगले सघाउने बताए ।

बैठकमा उपाध्यक्ष कँडेलले सिमन्ट उद्योगमा भौतिक पूर्वाधार पुर्याउनका लागि ध्यान दिन आग्रह गरेका छन् । सरकारले भौतिक पूर्वाधार पुर्याउने भनेर योजना बनाएको तर त्यो अनुसार काम नभएको उनको दावी छ ।

चालु आवको प्रथम चौमासिकमा मन्त्रालयले कार्यविधि, ऐन, कानून बनाएको जानकारी गराए पनि अब बजेट खर्चमा लाग्न सुझाव दिएका छन् ।

बैठकमा योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले मन्त्रालयका निकायले बजार अनुगमन मात्रै गरेको र त्यसको प्रभाव कम भएको दाबी गरे । उनले बजार मूल्य उस्तै रहेको र गुणस्तरमा ध्यान जान आवश्यक रहेको बताए ।

बैठकमा मन्त्रालयकासचिव बैकुन्ठ अर्यालले यो चार महिनामा ऐन कानून निर्माणमा लागेको बताए ।

पुँजीगत खर्च बढाउन ऐन कानूनले रोकेको भन्दै अब कानूृन बनेपछि बजेट खर्च बढने बताए । उनले इन्ट्रिग्रेटेड सप्लाई सिस्टम बनाउने काम जारी रहेको जानकारी गराए ।

आन्तरिक सप्लाई सिस्टम मिलाउन आवश्यक रहेको र त्यसको सूचना सहजै पाउन सकिने उनको भनाइ छ । यो प्रारम्भिक चरणमा नै रहेको उनको दावी छ । चामल प्रतिबन्ध नलगाएको भएर आएको हो । आयात प्रतिबन्ध नलगाको समय आयात भएको समान कति खपत भयो भन्नेमा भर पर्ने उनको भनाइ छ ।


क्लिकमान्डु