९० वर्षे महिलाले लगाइन फाइजरले बनाएको कोरोना भ्याक्सिन



उत्तरी आयरल्यान्डकि एक ९० वर्षे महिलाले फाइजर, बायो एन टेकको कोभिड भ्याक्सिन लगाएकी छन् । यो भ्याक्सिन ह्युमन ट्रायल पूरा भएपछि पहिलो पटक लगाइएको हो ।

मध्य बेलायतको कोभेट्रीमा स्थित युनिभर्सिटी अस्पतालमा मारग्रेट किनानकि पहिलाले यो भ्याक्सिन लगाएकी हुन् । उनले आफूले पहिलो पटक भ्याक्सिन लगाएकोमा गौरवान्वित महसुस गरेको बताइन् ।

‘म सबैभन्दा पहिले भ्याक्सिन लगाउने व्यक्ति बने, यसमा मलाई गर्व छ, मेरो जन्मदिनभन्दा केही दिन अगाडि भ्याक्सिन लगाउन पाउनु मलाई उपहार जस्तै भएको छ,’ उनले भनिन् ।

बेलायतमा ८० वर्षभन्दा माथि उमेर समूह भएका मािनस तथा हेल्थ केयरमा काम गर्ने कर्मचारीहरुले शुरुमा भ्याक्सिन लगाउन पाउने छन् । यसबाट सबैभन्दा बढी खतरा हुने मानिसहरुलाई सुरक्षित राख्नु उद्देश्य रहेको छ ।

बेलायत फाइजरले विकास गरेको कोरोना भ्याक्सिन लगाउने पहिलो देश समेत बनेको छ । गत साता बेलायतको औषधि सम्बन्धित नियामकले भ्याक्सिनको प्रयोगका लागि अनुमति दिएको थियो । तर बेलायतमा यो भ्याक्सिन लगाउनका लागि अनिवार्य भने छैन ।


क्लिकमान्डु