सुबिसुले फाइभजी डिउल बान्ड राउटर सेवा प्रदान गर्दै



काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले ग्राहकवर्गहरूलाई फाइभजीएचजेठ डिउल बान्ड राउटरसहितको सेवा प्रदान गरेको छ ।

यस अघि २.४ जीएचजेठ सेवा दिदै आएको कम्पनीले ग्राहकहरुको इन्टरनेट अनुभवलाई अझ उत्कृष्ट बनाउने उद्देश्यका साथ फाइभजी सेवा सुरु गरेको हो ।

इन्टरनेटको बद्लिदो माग तथा अझ उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ यस कम्पनीले फाइभजीएचजेठ डिउल बान्ड राउटरसहितको सेवा सुरु गरेको कम्पनीले जनाएको छ ।

फाइभजीएचजेठको प्रयोगले इन्टरनेट सेवा प्रयोग गर्दा आउने प्राविधिक समस्यालाई कम गर्दै ग्राहकहरूको इन्टरनेट अनुभवलाइ अझ गुणस्तरिय बनाउने कम्पनीको दाबी छ ।

ग्राहकहरुको माग र सन्तुष्टिलाई प्राथमिकतामा राखि समय समयमा कम्पनीले सेवा विस्तार तथा परिमार्जित गरि गुणस्तरीय सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । ।


क्लिकमान्डु