उच्चस्तरीय अन्तराष्ट्रिय अटोमोबाइल ब्राण्ड प्रोटोन नेपाल भित्र्याउँदै
काठमाडौं । मलेशियाली चर्चित अटो मोबाइल कम्पनी प्रोटोनले अत्याधिक बिक्री भएका प्रोटोन सागा नेपालमा भित्र्याउने भएको छ । उक्त गाडि शंकर ग्रुपको मातहतमा रहेको जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले भित्र्याउन लागेको हो ।
प्रोटोनको मुख्यबजार स्वयम् मलेशिया र बेलायत रहेता पनि हाल ७० भन्दा धेरै मुलुकमा यसको पदार्पण भैसकेको र अझ बढ्दो क्रममा रहेको कम्पनीले जनाएको छ । उत्तर अमेरिका, युरोप, चाइना र दक्षिण पुर्वी एसियामा गरेर ९ वटा रिसर्च र डेभ्लोप्मेन्ट सेन्टर्स र ९ वटै डिजाइन सेन्टर्स रहेको प्रोटोनको मुख्य प्लान्ट भने मलेशियाको तान्जुङ् मलिम शहरमा रहेको छ ।
प्रोटोन प्रविधिको क्षेत्रमा पनि एकदमै अघि रहेको छ र यसले निर्माण गरेका प्रत्येक गाडीहरुमा पछिल्लो अन्तराष्ट्रिय प्रविधिको समिश्रण भएको पाउन सकिने कम्पनीले जनाएको छ ।
गिलीहोल्डिंग र भोल्भोसँगको सहकार्यपश्चात अझ नविनतम अन्तराष्ट्रिय प्रविधिलाई अंगाल्दै यसले आफ्नो मूलमान्यताहरुलाई अघि बढाएको छ ।
ठुला–ठुला कम्पनीसँग प्रतिस्पर्धामा रहि रहन पनि प्रोटोनले प्रविधिको खोज तथा अनुसन्धानमा अरबौंरूपैया खर्चेको छ । अत्याधुनिक सुविधाहरू र नवीन उत्पादनहरू बजारमा ल्याउन प्रोटोनले डिजाइन र ईन्जिनियरिङ्मा नयाँ प्रविधिको निरन्तर प्रयोग गर्दै आइरहेको छ ।
जसमार्फत आफ्ना विश्वव्यापी रहेका ग्राहकहरुलाई सहज, सुरक्षित, आरामदायी र गतिशीलयात्रातर्फ अग्रसर गराइरहेको कम्पनीको भनाइ छ । ३५ बर्षबाट उच्चस्तरिय र शान्दार गाडीहरु उत्पादन गर्दै आइरहेको प्रोटोनले हालसम्म २७ ओटा मोडल उत्पादन गरिसकेको छ भने यसका संसारभर ४.४ मिलियनभन्दा बढि ग्राहक रहेको कम्पनीले जनाएको छ ।