सिरम इन्स्टिच्युट अफ इन्डियाले माग्यो कोरोना भ्याक्सिनका लागि आपतकालीन अनुमति



फाइजरपछि सिरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्डका लागि आपतकालीन अनुमति माग गरेको छ । भारतीय अनलाइन सञ्चारमाध्यम भास्कर डटकमले सिरम इन्स्टिच्युट अफ इन्डिया कोरोना भाइरसविरुद्धको भ्याक्सिन लञ्च गर्ने पहिलो भारतीय कम्पनी भएको उल्लेख गरेको छ ।

कम्पनीले आइतबार ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियामा आवेदन दिएको छ । भारतमा हाल ९६।७३ लाख कोरोना संक्रमित छन् ।

कम्पनीले हालसम्म ४ करोड डोज उत्पादन गरिसकेको छ । कम्पनीले बेलायत, ब्राजिल तथा भारतमा भ्याक्सिन बिरामीसँग लड्नका लागि ९० प्रतिशतसम्म सफल भएको पाइएको छ ।

सुरक्षाका हिसाबले हेर्दा कोभिसिल्ड ट्रयालमा कुनै पनि विपरीत असर गरेको देखिएको छैन । तर भ्याक्सिन एक लक्षित समूदायमा दिन सकिने उल्लेख गरिएको छ ।

सिरम विश्वको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता कम्पनी हो ।

यसअघि फाइजर कम्पनीले ४ डिसेम्बरमा अनुमति माग गरेको थियो । जसका लागि बेलायतले अनुमति दिइसकेको छ । तर भारतले फाइजरलगायत कुनै पनि कम्पनीले उत्पादन गरेको भ्याक्सिन प्रयोग गर्नु अगाडि क्लिनिकल परीक्षण गर्न भनेको छ तर कम्पनीहरुले भने अस्वीकार गर्दै आएका छन् ।

कोरोना भाइरसका विरुघको लडाइनमा चीनले ४, रुसले २ र बेलायतले एउटा भ्याक्सिनका लागि आपतकालीन अनुमति दिइसकेका छन् ।


क्लिकमान्डु