सेञ्चुरी बैंकको स्मार्ट टेलर सञ्चालनमा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंसिर २१ गतेबाट स्मार्ट टेलर सञ्चालनमा ल्याएको छ । यस स्मार्ट टेलर संचालनबाट सेञ्चुरी पे मोबाइल एपबा क्यूआर कोड स्क्यान गरी नगद झिक्न÷निकाल्न सकिने छ ।
ग्राहकवर्गहरुको सेवाका लाथि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको हो । हाल उक्त सेवा केन्द्रीय कार्यालय, काठमाण्डौको लागि मात्र लागू हुनेछ ।
निकट भविष्यमा उक्त सुविधा काठमाण्डौं उपत्यकालगायत उपत्यका बाहिरसमेत लागू गरिनेछ । यस सेवाबाट यस बैंकका ग्राहक वर्गले १ दिनमा कुल १ लाख रुपैयाँसम्म नगद झिक्न सक्ने र १० लाख रुपैयाँसम्म मासिकरुपमा नगद झिक्न पाउने र सोका लागि चेक वा डेविट कार्ड आवश्यक नपर्ने बैंकले जानकारी दिएको छ ।