वीरगञ्जमा ३८ करोड लगानीमा औषधि उद्योग स्थापना हुँदै



काठमाडौं । वीरगञ्जमा ३८ करोड रुपैयाँ लगानीमा नयाँ औषधि उद्योग स्थापना हुने भएको छ । लाइफ स्टार फर्मास्युटिकल्स प्रालिले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मा उक्त उद्योग स्थापना गर्न लागेको हो ।

कम्पनीले उद्योग स्थापना गर्नका लागि उद्योग विभागमा कम्पनी दर्ता समेत गरिसकेको छ । ४० प्रतिशत स्वदेशी र ६० प्रतिशत विदेशी लगानीमा स्थापना हुने उद्योगमा ६८ जनाले रोजगारी पाउने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले हालै उद्योग विभागमा कम्पनी दर्ता गरेको हो । कुल ३८ करोड रुपैयाँ लगानीमध्ये फिक्स्ड क्यापिटल २५ करोड ४ लाख ६६ हजार २३० रुपैयाँ रहनेछ भने वर्किङ क्यापिटल २ करोड ९५ लाख ३३ हजार ७७० रुपैयाँ रहनेछ ।


क्लिकमान्डु