बेलायतमा मंगलबारदेखि कोरोना भ्याक्सिन दिइने, सबैभन्दा बढी प्रि–अर्डर भारतले गर्यो



बेलायतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगका लागि अनुमति प्राप्त भइसकेको छ । भ्याक्सिनेसन मंगलबार शुरु हुने आशा गरिएको छ । यो भ्याक्सिन बेल्जियमबाट बेलायतमा ल्याइनेछ । यसका लागि ट्रान्सपोर्टेसनमा ढिलाइ नहोस भन्नका लागि बेलायत सरकारले रोयल एयरफोर्सका विमान प्रयोग गर्ने भएको छ ।

दोस्रोतर्फ इन्टरनेशल एयर ट्रान्सपोर्ट एभिएसनले विश्वका हर क्षेत्रमा कुल १४ अर्ब मानिसहरुलाई भ्याक्सिन पुर्याउनका लागि २ वर्षको समय लाग्ने बताएको छ ।

तर बेलायतमा भे हेल्थ तथा डिफेन्स डिपार्टमेन्टले भ्याक्सिन छिटोभन्दा छिटो ल्याउनका लागि मिलेर काम गर्ने भएको छ ।
‘द गार्डियन’मा प्रकाशित एक रिपोर्ट अनुसार भ्याक्सिन बेल्जियममा तयार हुनेछ । रिपोर्ट अनुसार पहिलो चरणमा ८ लाख भ्याक्सिन बेलायत ल्याइनेछ ।

रिपोर्ट अनुसार यसका लागि रोयल एयरफोर्सका विमान प्रयोग गरिनेछ । जसको मुख्य मिसन १ जनवरीदेखि शुरु हुनेछ । युरोपियन देशबीचको दूरी कम भए पनि कम समयमै काम होस् भन्नका लागि विमान प्रयोग गरिने भएको हो ।

भारतले १६० करोड भ्याक्सिन ल्याउने
भारत सरकारले कोरोना भाइरसविरद्धको भ्याक्सिन १६० करोड अर्डर गरिसकेको छ । यसका लागि भारत सरकारले प्रि अर्डर दिइसकेको छ । जसबाट ६० प्रतिशत जनसंख्या लाभान्वित हुने अपेक्षा गरिएको छ ।

हालसम्म विश्वमा सबैभन्दा धेरै भारते १६० करोड भ्याक्सिनको प्रि अर्डर गरेको छ भने त्यसपछि युरोपियन संघले १५९ करोड, अमेरिकाले १०१ करोड भ्याक्सिनको प्रि अर्डर गरेका छन् ।

त्यसका साथै कोभ्याक्सिले ७० करोड, क्यानडाले ३६ करोड, बेलायतले ३६ करोड इन्डोनेसियाले ३५ करोड, जापानले २९ करोड, ब्राजिलले १९ करोड र मेक्सिकोले १६ करोड डोज भ्याक्सिनका लागि प्रि अर्डर दिइसकेका छन् ।

भारतमा देशभर २८ हजार कोल्ड चेन सेन्टरमा भ्याक्सिन पुर्याउनका लागि भारतीय वायुसेनाले अग्रसरता लिएको छ । यसका लागि सी–१७ ग्लोवलमास्टर सी–१३६जे सुपर हरक्यूलिस तथा आईएल–७६ तैनाथ हुनेछन् । जबकी साना केन्द्रहरुमा वर्कहोर्स एएन–३२ तथा डोर्नियर विमानको प्रयोग गरिनेछ । त्यसका साथै मिडियम लिफ्ट हेलिकोप्टरलाई सुरक्षित राखिएको छ ।


क्लिकमान्डु