अर्जेन्टिनामा ‘लखपति कर’, धनीसँग कर उठाएर कोरोना महामारीमा खर्च गरिने



ल्याटिन अमेरिकी देश अर्जेन्टिनाले कोरोना भाइरस महामारीबाट परेको असरलाई मध्यनजर गर्दै एक नयाँ सम्पत्ति कानून पास गरेको छ । जसबाट देशका पुँजीपतिहरुलाई विशेष कर लगाइनेछ ।

त्यहाँको सरकारका अनुसार यसबाट प्राप्त रकमको प्रयोग औषधि तथा आवश्यक चिज खरिद गर्न र राहत काममा खर्च गरिनेछ ।

शुक्रबार त्यहाँका सेनिटरहरुले ‘लखपतिलाई कर’ भनिने विशेष सम्पत्ति करको प्रस्ताव ४२ मतसहित पारित गरेका छन् । यसको विरोधमा ३६ मत खसेको थियो ।

नयाँ कानून अनुसार यो कर एक पटक मात्रै लगाइने छ । यो कानून ती व्यक्तिहरुलाई लागू हुनेछ जोसँग २० करोड पेसो अर्थाते २५ लाख डलरभन्दा बढी सम्पत्ति छ ।

अर्जेन्टिनमामा करिब १२ हजार यस्ता लखपति छन् जोसँग सरकारले यो विशेष कानून अनुसार कर लिन सक्नेछ ।
बीबीसी


क्लिकमान्डु