अङ्ग्रेजी नयाँ वर्षमाघुम्दै हुनुहुन्छ ? यस्ता छन् एक्सलट्रिप नेपालका अफरहरु



काठमाडौ। नेपालकै पहिलो अनलाइन ट्राभल एग्रीगेटर (ओटीए) प्लाटफर्म एक्सलट्रिप नेपालले क्रिस्मस तथा नयाँ वर्ष २०२१ लाई लक्षीत गरी ३ वटा नयाँ अफर योजना ल्याएको छ ।

पहिलो अफर योजना अन्तर्गत एक्सलट्रिप नेपालको मोबाइल एप डाउनलोड गर्ने ग्राहकमध्येबाट एकजना भाग्यशाली विजेतालाई १५ हजार रुपैयाँ बराबरको पोखरा वा चितवनको दुइतर्फी हवाई टिकटसहित २ रात ३ दिनको ट्राभल प्याकेज पुरस्कार प्रदान गरिने कम्पनीका सीईओ ज्ञानेन्द्र खड्काले बताए।

अर्को योजना क्रिस्मस तथा अङ्ग्रेजी नयाँ बर्ष अफर अन्तर्गत एक्सलट्रिप नेपालबाट होटल वा फ्लाइट बुक गर्दा हरेक बुकिंगमा भौचर कोड (DECEMBEROFFER) प्रयोग गरी २५० नगद छुट प्राप्त गर्न सकिनेछ । साथै सो अवधिभरी होटल वा फ्लाइट बुकिङ गर्ने ग्राहकमध्येबाट एक जना भाग्यशाली विजेताले सामसुङ एम जिरो फिप्टिन मोवाइल सेट पनि प्रप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

एक्सलट्रिपको वेबसाईट  (xceltrip.com.np)  वा मोबाइल एपमार्फत् शुन्य रुपैयाँ डाउन पेमेन्टमा नै काठमाडौ (पोखरा एकतर्फी हवाई टिकट र एकरातको होटल बुक गर्ने ब्यवस्था छ। ती बुकिङ गर्ने ग्राहकहरुमध्येबाट हरेक हप्ता लक्की ड्रमार्फत् एकजनालाई उक्त प्याकेज निःशुल्क प्रदान गरिने बताइएको छ।

यो तीनै अफर योजना डिसेम्वर महिनाभर लागू हुने बताइएको छ।

एक्सलट्रिपको मोबाइल एप र अफिसियल वेबसाइटबाट नेपालको ५ वटै डोमेस्टिक एयरलान्स र ८ सय भन्दा बढि होटल र संसारभर २३ लाख भन्दा बढि होटल र ४ सय ५० वटा एयरलान्सबाट २ सय भन्दा बढि डेस्टिनेसनमा नेपालकै सम्पूर्ण डिजिटल पेमेन्ट प्रभु पे, ईसेवा, फोन पे लगायत बैकंहरुको मोबाइल बैकिङ एप र सम्पुर्ण बैकं कार्ड प्रयोग गरि बुक गर्न सकिने छ ।


क्लिकमान्डु