लगातार इयरफोन प्रयोग गर्नुहुन्छ ? आउन सक्छन् यस्ता समस्या
काठमाडौं । मानिसका अनेकन चाहना हुन्छन् । यात्राका क्रममा होस् वा घरमा बस्दा नै किन नहोस् । कानमा एयरफोन राखिरहनुपर्ने, गीत संगीत सुनिरहनुपर्ने ।
कलेज पढ्न जाने विद्यार्थी हुन् वा कार्यालयमा काम गर्न गएका कर्मचारी नै किन नहुन्, उनीहरुको कानमा सदा सर्वदा एयरफोन नै झुण्डिरहेको हुन्छ ।
मनोरञ्जन गर्ने भन्दै कानमा नै इयरफोन लगाएर बस्ने प्रचलन हेर्दा स्टाइलिस भएपनि त्यसले स्वास्थ्यमा पार्ने प्रभाव भने दीर्घकालीन हुने अध्ययनले देखाएको छ ।
लगातार इयरफोन प्रयोग गर्दा कान नसुन्ने तथा बहिरो हुने सम्भावना बढी रहन्छ । बढी प्रयोग गर्नेको कानमा ३० प्रतिशत बढी समस्या देखिएको छ ।
कोरोनाका कारण पछिल्ला दिनमा मानिस अझै बढी घरमा बस्ने , मोबाइल तथा ल्यापटपको स्क्रिनमा नै खर्च गर्ने प्रवृत्ति बढेको छ ।
स्क्रीनमा बढी समय लगाउनुका साथ साथै कानमा हेडफोन प्रयोग गर्नेपनि उत्तिकै बढेका छन् ।
कुनै पनि कुराको बढी प्रयोग आफैमा हानीकारक हुन जान्छ । कानमा दर्द तथा फंगल इन्फेक्सन तथा सुन्नमा बढी समस्या हुने देखिएको छ । मुम्बईमा रहेको फोर्टिस अस्पतालमा विगतको तुलनामा कानमा बढी समस्या आएको पाइएको छ । अस्पतालका अनुसार विगतमा भन्दा ३० प्रतिशत बढी कानको समस्या देखिएको छ ।
वर्क फ्रर्म होम, अनलाइन क्लास तथा अनलाइन गेम तथा गीत तथा संगीत सुन्न घण्टौ घण्टासम्म इयरफोन प्रयोग गर्दा समस्या खडा भएको छ ।
भोपालका नाक , कान घाटी विशेषज्ञ डा राहुल अग्रवालका अनुसार इयरफोन लगातार प्रयोग गर्दा कानमा जाने ब्याक्टेरियाका कारण इनफेक्सनमा समेत वृद्धि भएको छ । यस्तै बहिरोपनको समस्या समेत बढेर गएको छ ।
डा अग्रवालका अनुसार लामो समयसम्म तिखो आवाजमा इयरफोन प्रयोग गर्नेलाई ठूलो नोक्सानी हुन जान्छ । उच्च आवाजका कारण मानसिक समस्या समेत आउन सक्छ ।
केही सामान्य काम गर्दा समेत इयरफोनबाट हुने समस्याबाट जोगिन सकिन्छ । जानकारहरुका अनुसार लगातार इयरफोनको प्रयोगबाट आफै बच्नुपर्छ ।
त्यसको प्रयोग गर्दा ध्यान दिनुस कि आवाज ठूलो बनाउनु भएन । सानो आवाजमा सुन्ने प्रयास गर्नुस । आजकलका स्मार्ट फोनले भोल्यूमको विषयमा आफै जानकारी दिन्छ । जुन लेवलमा खतरा हुन्छ, त्यसैमा नै जानकारी दिन्छ ।
यस्तै हामीले इयरफोन प्रयोग गरेपछि जताततै राख्ने गर्छौ । त्यसबाट इयरफोनमा समेत विभिन्न भाइरस वगा ब्याक्टेरिया रहन जान्छ ।
जानकारहरुका अनुसार हर समय हेडफोन प्रयोग गरिसकेपछि राख्नका लागि एउटा डेडिकेटेड बक्स आवश्यक पर्दछ । त्यसैमा नै हेडफोन राख्नुस वा त्यसको सफाईमा ध्यान दिनुस् । यस्तै, आफूले प्रयोग गरेको इयरफोन अरु कसैलाई पनि प्रयोग गर्न नदिनुस । त्यो आफै मात्र प्रयोग गर्नुस् ।