सर्लाही पुगेका गगन थापाले भने सभापतिको उम्मेदवार छु

28
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा सभापतिको उम्मेदबार भएको बताएका छन् ।।

सर्लाही पुगेका थापाले १५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गरी आफूले तयारी गरिरहेको बताएका छन्। थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अब केही दिनमै देशदौडाहमा निस्किने बताए।

उनले भने, ‘अधिवेशनको प्रक्रिया अगाडि बढ्दै गइसके पछाडि यो अधिवेशनमा कसरी यसको सामना गर्ने भन्ने बारेमा स्वाभाविक रूपमा मैले पार्टीका अरू साथीहरूसँग छलफल गर्छु, नेताहरूसँग छलफल गर्छु, आफूलाई सघाउने काम गरेका साथीहरूसँग छलफल गर्छु। त्यो छलफलपछि यसलाई औपचारिक निर्णय गर्ने एउटा प्रक्रिया छँदै छ। म १५औँ महाधिवेशनको नेपाली कांग्रेसको सभापतिको उम्मेदवार हो। म सभापतिको उम्मेदवारको तयारी गरिरहेको छु।’

पार्टीको साथीहरूले १५औँ महाधिवेशनबाट नयाँ सन्देश, नयाँ नीतिसँगै नयाँ नेतृत्व छान्नुपर्छ भनेकाले आफूलाई त्यो जिम्मेवारी दिने विश्वास व्यक्त गरे।

उनले थपे, ‘मैले सबै साथीभाइ सँग सल्लाह गरेर यसलाई औपचारिक रूपमा टुङ्ग्याउने हो। तर यो बेलामा कम्तीमा तपाईँले सोधेको प्रश्नमा यति कुरा भन्न सक्छु म १५औँ महाधिवेशनको नेपाली कांग्रेस पार्टीको सभापति पदको प्रत्याशी हो।’

उनले आफू अब सभापतिको तयारी गर्दै नेता कार्यकर्ताको कुरा बुझ्न केही दिन पछाडि देशैभर जाने बताए।

सर्लाही पुगेका गगन थापाले भने सभापतिको उम्मेदवार हुँ