सिजी ब्राण्डको जाडोको सामाग्रीहरु बजारमा



काठमाडौं । नेपालको उत्कृष्ट ब्राण्ड सिजीले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै विभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।

सिजीले सम्पूर्ण उपभोक्ताहरुमा जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरू जस्तै पानीतातो बनाउन केटल, तातोपानी राख्न थर्मस, भ्याक्युम फ्ल्याक्स र हटपट बजारमा ल्याएको जनाएको छ ।

यसैगरी जुनसुकै स्थानमा जति बेला पनि तातो पानी उपलब्ध गराउन वाटर डिस्पेन्सर ल्याएको कम्पनीको भनाइ छ । साथै, उपभोक्तालाई न्यानो बनाई राख्न विभिन्न किसिमका इलेक्ट्रिक एवं ग्यास हिटरहरु उपलब्ध गराएको छ ।

यस लगायत सिजीले चिसो पानीले नुहाउने टेनसनबाट मुक्त गर्नका लागि इलेक्ट्रिक र ग्यास गिजर समेत ल्याएको छ ।


क्लिकमान्डु