ब्रिटेनले फाइजरको कोरोना विरुद्धको भ्याक्सिनलाई अनुमति दियो



ब्रिटेनले फाइजर कम्पनीले बनाएको कोरोना भाइरस विरद्धको भ्याक्सिनको प्रयोगलाई अनुमति दिएको छ ।

ब्रिटिस नियामल संस्था एमएचआरएले फाइजर बायोएन्टेकको यो कोभिड १९ भ्याक्सिनको प्रयोगलाई सुरक्षित मान्दै अनुमति दिएको हो । यो भ्याक्सिन ९५ प्रतिशतसम्म परीक्षण सफल भएको मानिएको छ ।

केही दिनभित्रै कोरोना भाइरसबाट सबैभन्दा प्रभावित व्यक्तिहरुलाई भ्याक्सिन दिन शुरु गरिनेछ ।

बेलायतले यसअघि नै ४ करोड डोज भ्याक्सिनका लागि अर्डर दिइसकेको थियो । जसमा हरेक व्यक्तिलाई भ्याक्सिनको २ डोज दिइनेछ । अर्थात भ्याक्सिन २ करोड व्यक्तिले प्रयोग गर्न पाउनेछन् ।

यो विश्वको सबैभन्दा छिटो उत्पादन भएको भ्याक्सिन हुनेछ । जुन १० महिनामै तयार भएको थियो ।

सामान्यतयाः यस्ता भ्याक्सिन निर्माण गर्न दशकसम्मको समय लाग्दै आएको थियो । तर जानकारहरु भने भ्याक्सिन लगाइसकेपछि पनि मानिसहरुले संक्रमण रोक्नका लागि सावधानी भने अपनाउनु जरुरी हुनेछ ।


क्लिकमान्डु