कोरोनाको खोप लगाउने काम तत्काल फिर्ता लिन यूरोपेली देशको नियामकको आग्रह



काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप पूर्णरुपमा लगाउने ध्येयका साथ आवश्यक तयारी भइरहेको र अनुमतिका लागि नियामक निकायमा पुगेको खबर सुनेर दंग परेका सारा विश्वलाई एउटा नमिठो समाचार आएको छ ।

यूरोपेली देशका नियामकहरुले अझै परीक्षण जरुरी रहेको र हतारमा काम गर्दा लतार हुने भएकाले खोपको व्यवसायिक प्रयोगको कामलाई केही पर सार्न भनेका छन् ।

उनीहरुले अझै थप तयारी गर्न तथा त्यसका लागि परीक्षणको भरपर्दो र विश्वसनीय मापदण्डका साथ काम गर्न भनेका छन् ।
फाइजर, बायोएनटेक तथा मोडेर्नाको खोपको औपचारिक मूल्यांकन गरिरहेका सरकारी अधिकारीले तत्काल खोप लगाउने काममा पुनः विचार गर्न भनेका हुन् ।

यूरोपेली संघका अधिकारीको उक्त भनाइ सार्वजनिक भएपछि खोपको प्रयोग सम्बन्धी काम अर्को वर्षका लागि धकेलिएको छ । यस सम्बन्धी विवरण भने फाइनान्सियल टाइम्सले आफनो समाचार विवरणमा जनाएको हो ।

युरोपेली मेडिसिन एजेन्सीले डिसेम्बर २ मा अर्थात् बुधबार फाइजर र बायोएनटेक खोपमा राय दिने बताएको छ । उसले त्यो राय आफना सदस्य देशहरुलाई समेत वितरण गर्ने भएको छ ।

आमस्टडर्ममा आधारित नियामक निकायहहरुको बैठकमा आगामी जनवरीदेखि खोप लगाउने वा नलगाउने भन्ने बारेमा समेत धारणा दिने भएको छ ।

उसले अनुमति दिएको छाप लगाउनु अघि अनेकन कोणबाट विचार गर्नुपर्ने बताएको छ । किनकी नयाँ काम भइरहेको बेला सोच विचार गरेर मात्रै निर्णय लिनु उपयुक्त हुने सरकारी अधिकारीको धारणा छ ।

सदस्य देशहरुले अनुमोदन गरेको खण्डमा भने खोप स्वीकृत भएको मितिले बढीमा ४ दिनभित्र आवश्यक जानकारी आउनेछ । जुन जानकारी आम विश्वका लागि कठिन र लामो समयदेखिको प्रतिक्षाको घडी जस्तै रहेको छ ।

नियामकले जनवरी १२ सम्म प्रतिद्वन्द्वी मोडेर्नाको खोपको मूल्यांकन गर्ने सम्बन्धी काम समेत फिर्ता गरिदिएको छ । फाइनान्सियल टाइम्सलाई प्राप्त भएका र उसले देखेको विवरणका आधारमा आवश्यक मूल्यांकनको काम भने डिसेम्बर २२ सम्मका लागि तोकिएको छ ।

किनकी यो असाध्यै संवेदनशिल काम हो । मानव स्वास्थ्यसँग जोडिएका विषयमा निर्णय गर्दा असाध्यै मिहीन अध्ययन गर्नुपर्दछ ।

फाइजर र बायोटेकले सोमबार इएमएमा पेश गरेको कागजातलाई अन्तिम रुप दिएको थियो । उसले अक्टोबरदेखि नै ठूलो मात्राममा चिकित्सकीय परीक्षण गरेको र त्यसको समिक्षा समेटिएको विवरण समेत उपलब्ध गराएको थियो ।

युरोपको मुटुमा अवस्थित कम्पनीको विषय आफैमा महत्वपूर्ण रहेको छ । किनकी उनीहरुले विश्वव्यापीरुपमा नै खोप आपूर्ति गर्ने प्रयास समेत गरिरहेको छ ।

बायोटेकका सहसंस्थापक एवम प्रमुख कार्यकारी अधिकृत उगुर साहिनका अनुसार उनीहरु आवश्यक तयारीको क्रममा रहेका मात्रै छैनौं, अनुमति दिने निकायले हामीलाई अनुमति दिन्छ भन्नेमा समेत विश्वस्त छौ ।

जर्मन अधिकारीहरूले आइतवार नै खोपको परिषण आफैमा प्रभावकारी रहेको बताएका मात्रै थिएनन्, नतिजा समेत राम्रो आउने बताएका थिए ।

अधिकारीहरूले इएमएलाई आफैंमा बेलायत एवम् अमेरिकी अधिकारीसँग पनि समान धारणा बनाउनुपर्नेमा जोड दिएका थिए । युके मेडिसिन र हेल्थकेयर उत्पादन नियामक एजेन्सीले फाइजर र बायोएनटेक खोप यस हप्ताको प्रारम्भमा स्वीकृत गर्न सक्छ । तर जबकि अमेरिकी खाद्य तथा औषधि प्रशासनले डिसेम्बरको मध्यमा खोप अनुमोदनको बारेमा निर्णय लिने अपेक्षा गरिएको छ ।

यूरोपेली आयोगले त्यसपछि यूरोपेली संघ र त्यसका सदस्य राष्ट्रबीच वैध शर्तसहितको बजारीकरणसम्बन्धी प्राधिकार दिनका लागि निर्णय प्रक्रियालाई शीघ्र अगाडि बढाउने विश्वास लिएको छ ।


क्लिकमान्डु