नेपालमा ‘टोनी र गाय’को पहिलो सैलुन दरबारमार्गमा



काठमाडौं । काठमाडौंको दरबारमार्गमा टोनी र गायको पहिलो सैलुन खुलेको छ । अभिनेत्री, मोडल, डाईरेक्टर प्रियंका कार्कीले मंगलबार सैलुनको उद्घाटन गरिन् ।

उच्चस्तरको सेवाहरु प्रदान गर्ने लक्ष्य लिएको सैलुन दरबारमार्गस्थित दरबार मलको तेस्रो तल्लामा छ ।

कोभिड महामारीका कारण लामो समयदेखि रोकिएको यसको उद्घाटन अहिले सम्पन्न भएको छ । टोनी एन्ड गाय विश्वभरी नै प्रतिष्ठित थुप्रै पुरस्कारहरुले सम्मानित हेयरड्रेसिङ ब्रान्ड हो ।

जसमा शिक्षा, विशिष्ठ क्लाइन्ट सर्भिस र हेयरकेयर विशेषज्ञका रुपमा ५० वर्षभन्दा बढीको अनुभव छ ।

विश्वभरिका आफ्ना वफादार र स्नेही ग्राहकहरुलाई उच्चस्तरको सेवाहरु प्रदान गरिरहेको ब्राण्डले आजदेखि शुरु भएको सफ्ट ओपनिङमा आफ्नो पहिलो सेटको नेपाली ग्राहकहरुलाई स्वागत गरेको छ ।

ब्राण्ड लन्डनबाट शुरु भएर विश्वभरी ४५० शाखामार्फत् सेवा प्रदान गरिरहेको छ । ब्राण्डले विश्वभरी नै समान प्रकारको स्ट्यान्डर्ड मेन्टेन गर्न आफ्ना सिपालु हेयर ड्रेसरहरु र स्टाईलिस्टलाई विकसित कठोर प्रकारको ट्रेनिङ्ग दिन्छ ।
यसमा अन्तर्राष्ट्रिय गुणस्तरको सेवाहरु एकदम उत्तम वातावरणमा प्रदान गरिन्छ जहाँ कोभिड—१९ विरुद्ध गोल्ड स्ट्यान्डर्ड हाइजिन कोड फलो गरिन्छ ।

फ्रेञ्चाइजका अनुसार उहाँहरुको उद्देश्य सम्पूर्ण ग्राहकवर्गहरुलाई उत्कृष्ट ट्रिटमेन्ट र हेयरकेयर विशेषज्ञ सेवाहरु प्रदान गर्नु हो ।


क्लिकमान्डु