एफएनसीसीआईका नव निर्वाचित पदाधिकारीले आजै पदभार ग्रहण गर्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नव निर्वाचित पदाधिकारीले आज (आइबार) साँझ पदभार ग्रहण गर्ने भएका छन् ।

अध्यक्ष शेखर गोल्छा सहित नवनिर्वाचित पदाधिकारीले आगामी २ वर्षको लागि आजै साँझ पदभार ग्रहण गर्न लागेका हुन् ।

पदभार ग्रहण कार्यक्रममा नव नियुक्त पदाधिकारीहरुलाई महासंघको लोगो प्रदान गरिने छ ।


क्लिकमान्डु